आइपिएल २०२२ मा पञ्जाब विजयी सुरूवात गर्न सफल भयो।
पञ्जावले आइतबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ५ विकेटले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको बेंग्लोरले २ विकेटको क्षतिमा २०५ रन जोडेको थियो।
उसका लागि कप्तान फाप डु प्लेसिसले ५७ बलमा ८८ रन जोडे। त्यसका लागि उनले ३ चौका ७ छक्का प्रहार गरे।
विराट कोहलीले नटआउट ४१ रन र दिनेश कार्तिकले नटआउट ३२ रन जोडे।
पञ्जाबले १९ ओभरमै ५ विकेटको क्षतिमा २०८ रन बनाउन सफल भयो।
पञ्जाबका लागि ओडिन स्मिथले ८ बलमा नटआउट २५ रन र शाहरुख खानले २० बलमा नटआउट २४ रन जोडेका थिए। स्मिथले १ चौका र ३ छक्का तथा खानले १ चौका २ छक्का हिर्काए।
त्यसअघि शिखर धवन र भानुका राजापाक्षले ४३-४३ रन जोडेका थिए। धवनले २९ बलमा ५ चौका र १ छक्का र राजापाक्षले २२ बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए।
यस्तै कप्तान मयंक अग्रवालले पनि ३२ रन जोडे। खेलमा पञ्जाबले १४ छक्का र ११ चौका प्रहार गरेको थियो।