आइपिएलका नयाँ टिमद्वय लखनउ सुपरजाइन्ट्स र गुजरात टाइन्टन्सबीचको भिडन्तमा गुजरातले जित निकालेको छ। सोमबार भएको खेलमा गुजरातले ५ विकेटको जित निकालेको हो।
पहिले ब्याटिङ गरेको लखनउले ६ विकेटको क्षतिमा १५८ रन जोड्यो। लखनउका कप्तान केएल राहुल इनिङको पहिलो बलमै आउट भए भने अर्का ओपनर क्वान्टिन डि ककले ७ रन भन्दा बढी जोड्न सकेनन्।
इभिन लेविस १० रन र मनिष पाण्डे ६ रनमा आउट भए। त्यसपछि दीपक हूडा र युवा ब्याट्सम्यान आयुश बदोनीले अर्धशतक हिर्काए। भारतको यू-१९ टिमबाट खेलिसकेका बदोनीले ४१ बलमा ४ चौका र ३ छक्का हिर्काए।
बलिङमा गजुरातका मोहमद सामीले ३ विकेट लिए।
१५९ रनको लक्ष्य गुजरातले ५ विकेटको क्षतिमा २ बल खेल्न बाँकी छदा पार गर्यो। गुजरातका लागि राहुल टेवाटियाले २४ बलमा नटआउट ४० रन र अभिनव मनोहरले ७ बलमा नटआउट १५ रन जोडे।
त्यसअघि डेभिड मिलर ३० रन र कप्तान हार्दिक पाण्ड्याले ३३ रन जोडे। म्याथ्यु वेडले ३० रनको योगदान दिए।