नेपाल, मलेसिया र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले अहिले मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरिरहेको छ।
टिममा नेपालले एक परिवर्तन गरेको छ। टिममा लोकेश बमको स्थानमा दिलीप नाथले मौका पाएका छन्।
सिरिजमा दुवै टिमले सुरुवाती खेलमा जित निकालेका थिए। नेपालले सोमबार भएको खेलमा पिएनजी र मलेसियाले मंगलबार भएको खेलमा पिएनजीलाई नै पराजित गरेका थिए।
टी-२० अन्तर्राष्ट्रियमा नेपाल र मलेसियाबीच अहिलेसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ। पाँच मध्ये नेपाल चार खेलमा विजयी भएको छ।
पछिल्लो पटक नेपाल र मलेसियाबीच गत वर्ष त्रिवि मैदानमा भएको त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा भएको थियो। जसमा नेपाल दुवै खेलमा विजयी भएको थियो।
पहिलो खेलमा नेपाल ९ विकेटले विजयी हुँदा दोस्रो खेलमा नेपालले ६९ रनको जित निकालेको थियो। दोस्रो खेलमा पहिले ब्याटिङ गरेको नेपालले मलेसियाविरूद्ध २१७ रन जोडेको थियो।
नेपालको टी-२० टिम
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, अबिनास बोहरा, दिलीप नाथ, कुशल मल्ल, रोहित पौडेल