नेपाल, मलेसिया र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पिएनजीसँग दोस्रो र समग्रमा तेस्रो खेल खेलिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ। पिएनजीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो।
नेपालले टिममा एक परिवर्तन गरेको छ। कुशल मल्लको स्थानमा नेपालले आदिल अन्सारीलाई मौका दिएको छ। आदिलको यो टी-२० मा डेब्यू हो।
नेपाल टिम
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, अबिनास बोहरा, दिलीप नाथ, आदिल आलाम, रोहित पौडेल
नेपालले सुरुवाती दुई खेलमा जित निकाल्दै फाइनल यात्रालाई सहज बनाएको थियो। पहिलो खेलमा नेपालले पिएनजीलाई १५ रनले पराजित गरेको थियो।
हिजो भएको दोस्रो खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकाल्यो।
आज पिएनजीलाई पराजित गर्न सके नेपाल फाइनल पुग्नेछ। नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। फाइनल आगामी सोमबार हुनेछ।