आइपिएल २०२२ मा मुम्बई इन्डियन्स लगातार दोस्रो खेलमा पराजित भएको छ। शनिबार भएको खेलमा मुम्बईलाई राजस्थान रोयल्सले २३ रनले पराजित गर्यो।
लगातार दोस्रो जितसँगै राजस्थान दोस्रो स्थानमा उक्लियो।
राजस्थानले दिएको १९४ रनको लक्ष्य पछ्याएको मुम्बईले ८ विकेटको क्षतिमा १७० रन जोड्यो।
उसका लागि ओपनर इशान किसनले ५४ रन र तिलक बर्माले ६१ रन जोडे। बलिङमा राजस्थानका युजभेन्द्र चाहल र नवदीप सैनीले २-२ विकेट लिए।
त्यसअघि राजस्थानले ८ विकेटको क्षतिमा १९३ रन जोड्यो। राजस्थानका लागि ओपनर जोश बटलरले सिजनको पहिलो शतक प्रहार गरे।
शनिबार घरेलु टिम मुम्बई इन्डियन्सविरूद्ध टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानका लागि बटलरले १०० रन जोडे।
मुम्बईका तीव्र गतिका बलर जसप्रित बुमराहको बलमा १८.५ ओभरमा बोल्ड हुनुअघि उनले ६८ बलमा ११ चौका र ५ छक्का प्रहार गरे।
राजस्थानका लागि कप्तान सन्जु सामसनले ३० रन र शिमरन हेटमेयरले ३५ रनको योगदान गरे।
बलिङमा मुम्बईका बुहराह र टइमल मिल्सले ३-३ विकेट लिए।