नेपाली टिमका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गरेका छन्।
त्रिवि मैदानमा जारी पपुवा न्युगिनीविरूद्धको खेलमा २१ रन प्रहार गरेसँगै उनले एक हजार रन पूरा गरेका हुन्।
नेपालका लागि टी-२० मा सर्वाधिक रन प्रहार गर्ने ब्याट्सम्यान दीपेन्द्र एक हजार रनको पूरा गर्ने पनि पहिलो खेलाडी बने।
उनले टी-२० मा चार अर्धशतक र एक शतक प्रहार गरेका छन्।
उनले जारी सिरिजको लिग चरणको अन्तिम खेलमा शनिबार मलेसियाविरूद्ध शतक प्रहार गरेका थिए।
उनले एक हजार रन पूरा गर्न ३९ खेल खेले।