भारतमा जारी इन्डियन प्रिमियर लिगमा अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सले कोलकाता नाइट राइडर्सबाट मुम्बई इन्डियन्सविरुद्ध १४ बलमै अर्धशतक बनाएका छन्।
१ सय ६२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा कमिन्सले १४ बलमै अर्धशतक पूरा गर्दै कोलकातालाई १६ ओभरमै ५ विकेट गुमाएर जित दिलाए।
कमिन्सले १५ बल खेल्दै ४ चौका र ६ छक्कासहित ५६ रन बनाए। उनले १४ बलमै ४ चौका र ५ छक्कासहित अर्धशतक पूरा गरेका थिए। यो आइपिएल इतिहास कै सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमानको बराबरी हो ।
यसअघि सन् २०१८ मा पन्जाब किंग्सका लोकेश राहुलले दिल्ली क्यापिटल्सविरूद्ध पनि १४ बलमै अर्धशतक पूरा गरेका थिए।
१४ औं ओभरको दोस्रो बलमा मैदान प्रवेश गरेका थिए।
आफ्नो पहिलो बलमा १ रन लिएका उनले दोस्रो बलमा जस्प्रित बुमराहलाई छक्का र तेस्रो बलमा चौका प्रहार गर्दै ३ बलमा ११ रन जोडे।
कमिन्सले १६ औं ओभरमा तीव्र गतिका बलर ड्यानियल साम्सलाई ४ छक्का र २ चौकासहित एकै ओभरमा ३५ रन जोडे।
कमिन्सले आफ्नै देशका साम्सलाई पहिलो बलमा लङअनमा छक्का प्रहार गर्दा दोस्रो बलमा मिडविकेटमा चौका प्रहार गरे।
त्यसपछि तेस्रो बलमा डिम मिडविकेटमा छक्कार प्रहार गरेका उनले चौथो बलमा फाइन लेगमा छक्का हिर्काए।
पाँचौं बलमा कमिन्स सूर्यबाट लङअफमा क्याच भएका थिए। सूर्य कुमार यादवले छक्का बचाउँदै उत्कृष्ट क्याच लिएका थिए।
तर नो बलको कारण उनले जीवनदान पाएका थिए। उक्त बलमा उनले २ रन जोड्न भ्याए। पाँचौं बलमा कमिन्सले चौका प्रहार गर्दै १४ बलमा आफ्नो आइपिएल इतिहासमा तेस्रो अर्धशतक पूरा गरे।
अन्तिम बलमा छक्का प्रहार गर्दै एकै ओभरमा ३५ रन जोडेका उनले ४ ओभर अगावै जित दिलाए।
साम्स आइपिएलमा एकै ओभरमा सर्वाधिक रन खाने तेस्रो बलर हुन्। यसअघि बेंगलोरका हर्षल पटेल र प्रशान्त परमेश्वरनले एकै ओभरमा समान ३७–३७ रन खर्चिएका थिए।