नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक (जिएम) मा बृतान्त खनालले नियुक्त भएका छन्। उनी आगामी वैशाख ३ गतेदेखि लागू हुने गरी जिएममा नियुक्त भएको क्यानले जनाएको छ।
क्यानका अनुसार उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थामा काम गरेको अनुभव छ।
क्यानले यसअघि गत महिना जिएमका लागि दरखास्त आह्वान गरेको थियो। जसमा ३४ जनाको निवेदन परेको थियो।
सर्ट लिस्टमा परेकाको दुई साताअघि अन्तर्वार्ता लिइएको थियो।
क्यानले अघिल्लो वर्ष नियुक्त गरेका रौनक मल्लको करार नथप्ने निर्णय गर्दै दरखास्त आह्वान गरेको थियो।