नेपाल प्रो-क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले खराब प्रदर्शन गरेको छ।
यसअघि लगातार दुई खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिएको पुलिसले मंगलबार भएको तेस्रो खेलमा पनि हार बेहोर्यो।
पुलिसलाई मंगलबार पुलिसमाथि मलेसियाल-११ ले १ विकेटको जित निकाल्यो।
पहिले ब्याटिङ गरेको पुलिस २ बल खेल्न बाँकी छदा ९९ रनमै अलआउट भयो।
पुलिसका लागि प्रेम तामाङले नटआउट २८ रन जोडे। उनले ३१ बलमा १ चौका र १ छक्का हिर्काए। ओपनर पवन सर्राफले २५ रन जोडे भने शंकर रानाले १० रन बटुले।
बलिङमा मलेसिया सयेद अजिजले ५ विकेट र मुहमद अमिरले ३ विकेट हात पारे।
मलेसियाले १७ ओभरमा ९ विकेटको क्षतिमा १०० रनको लक्ष्य पूरा गर्यो।
मलेसियाका लागि नवौं नम्बरमा ब्याटिङ गरका मुनियान्डीले नटआउट १८ रन र एघरौं नम्बरमा ब्याटिङ गरेका मुहमद वफिकले नटआउट ११ रन जोडे। त्यसअघि नाजरिल रहमानले २७ रन र अजिजले १३ रन जोडे।
बलिङमा पुलिसका पवन सर्राफले ३ विकेट लिए।
समूह 'ए' मा दोस्रो जितसँगै मलेसियाले सेमिफाइनल सम्भावना जीवित राखेको छ।
अब शीर्ष स्थानको रूपन्देही ११ र तेस्रो स्थानको पुश स्पोट्स दिल्लीबीचको खेलपछि सेमिफाइनलमा पुग्ने टिमको टुंगो लाग्नेछ।
अन्तिम खेलअघि रूपेन्देहीको ४ अंक र पुस स्पोर्ट्सको २ अंक छ। पुलिस भने बाहिरिएको छ।