नेदरल्यान्ड्स क्रिकेट टिमका प्रमुख प्रशिक्षक रायन क्याम्पबेललाई ह्रदयघात भएको छ ।
पूर्व अस्ट्रेलियन विकेटकिपर प्रशिक्षकसमेत रहेका ५० वर्षीय क्याम्पबेल आफ्नो बच्चाहरुसँग खेलिरहँदा मैदानमै ढलेपछि उनको बेलायतस्थित एक अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ।
मंगलबार बिहानको घटनापछि कोमामा पुगेका क्याम्पबेल डाक्टरहरुको प्रयासपछि अहिले भने होसमा फर्किएका छन् ।
पछिल्लो पटक न्युजिल्यान्ड भ्रमणमा गएका क्याम्पबेल भ्रमणको बीचमै युरोप फर्किएका थिए। भ्रमणबाट फर्किएपछि उनले साथीहरु र परिवारसँग समय बिताएका थिए।
क्याम्पबेलले सन् २०१७ देखि नेदरल्यान्ड्सको प्रशिक्षण सम्हालिरहेका छन्।
सन् २००२ मा अस्ट्रेलियन टोलीबाट दुई अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका क्याम्पबेलले अस्ट्रेलियाबाट सन् १९९४ देखि २००६ सम्म ९८ ‘फस्र्ट क्लास’ क्रिकेट खेलेका छन्।
यस्तै सन् २०१६ को टी-२० विश्वकपमा उनले हङकङबाट खेलेका थिए।