आइपिएल २०२२ मा रोयल च्यालेन्जर्स बैंग्लोरका ब्याट्सम्यान विराट कोहलीले आफ्नो लयमा ब्याटिङ गर्न सकेका छैनन्। मंगलबार राति भएको लखनऊ सुपर जाइन्ट्ससँगको खेलमा उनले खाता पनि खोल्न सकेनन्।
पहिलो ओभरमै लखनऊका बलर दशमन्थ चमिराले अफ स्टम्पबाट बाउन्स गरेको बलमा कोहलीले शट खेले र दीपक हुड्डाले उनलाई ब्याकवर्ड पोइन्टमा क्याच गरे।
कोहलीले आफू आउट भएको पत्याउन सकेनन्, निराश हुँदै पेभिलियन फर्किए।
पहिलो ओभरको अन्तिम दुई बलमा बैंग्लोरले लगातार दुई विकेट गुमाएको थियो।
कोहलीले खाता खोल्न सकेनन् र फिल्डिङमा पनि खासै योगदान दिएनन्। यसका बाबजुद पनि उनले आफ्नो टोलीको जितमा महत्वपूर्ण भूमिका खेले।
त्यो भूमिका के थियो?
वास्तवमा लखनऊका कप्तान र अहिले उत्कृष्ट फर्ममा रहेका लोकेश राहुललाई आउट गर्नमा कोहलीको भूमिका थियो।
लोकेश राहुल २४ बलमा ३० रन बनाएर आउट भए। उनी हर्षल पटेलको बलमा दिनेश कार्तिकले विकेटको पछाडि क्याच आउट भएका थिए। त्यतिबेला उनको टोलीले आठ ओभरमा दुई विकेट गुमाएर ६४ रन बनाएको थियो।
हर्षल पटेलको बल लेग स्टम्प बाहिर थियो, लोकेश राहुलले खेल्दा मिस गरेको जस्तो लाग्थ्यो। अम्पायरले यसलाई वाइड मानेनन् तर दिनेश कार्तिकले आफ्नो टोलीलाई रिभ्यूका लागि भने।
रिभ्युमा राहुलको ब्याटमा लाग्दा बल कार्तिकतर्फ गएको देखाएको थियो। राहुलले पत्याउन सकेनन्। तर पनि उनी आउट भए ।
खेल सकिएपछि स्टार स्पोर्ट्सको कार्यक्रममा केभिन पिटरसनले दिनेश कार्तिकलाई रिभ्यु लिनुपर्ने कारणबारे प्रश्न गरे- कसरी थाहा भयो?
यसबारे दिनेश कार्तिकले भने, "मलाई केही थाहा थिएन। तर मैले विराट कोहली एकदमै आक्रामक रूपमा दौडिरहेको देखें। त्यसैले मैले रिभ्यूको लागि सोधें।"
लोकेश राहुलको विकेट एक हिसाबले यो खेलको टर्निङ प्वाइन्ट साबित भयो। यदि कार्तिकले कोहलीको शैली नदेखेको भए, उनी रिभ्यूका लागि भन्दैनन् थिए होलान्।
तर, लोकेश राहुल आउट भएको केही समयपछि कार्तिकले अर्को रिभ्यु लिए। दिपक हुड्डाले शाहबाज अहमदको बलमा स्वीप खेल्ने प्रयास गरे, कार्तिकले बेल छर्दै स्टम्पिंगको लागि अपील गरे।
आउट घोषित हुनुअघि उनले जसरी उत्सव मनाए र आश्वस्त पारे, उनले हुड्डालाई साँच्चै स्टम्प गरेको जस्तो देखिन्छ। तर रिभ्यूमा हुडाको खुट्टा क्रिजमा अड्किएको स्पष्ट देखाएएको थियो। कार्तिकको यो रिभ्यूलाई स्टार स्पोर्ट्सको कमेन्ट्री प्यानलमा खिल्ली उडाइएको थियो ।
खेलमा रोयल च्यालेन्जर्सको यो जितमा सबैभन्दा ठूलो योगदान टोलीका कप्तान फाप डु प्लेसिसको इनिङ्सको थियो। दोस्रो ओभरमा ब्याटिङ गर्न आएका फाप इनिङ्सको अन्तिम बलमा आउट भए। उनले जेसन होल्डरको बलमा चौका वा छक्का प्रहार गर्दै शतक पूरा गर्ने प्रयास गरे तर उनको प्रहारले सहि दिशातर्फ जान सकेन।
३७ वर्षीय फाप डु प्लेसिसले खेल ६४ बलमा ९६ रन बनाए। उनले ११ चौका र दुई छक्का प्रहार गरे। उनी आइपिएलमा पहिलो शतक प्रहार गर्ने मौकामा भने चुके।
उनले शतक पूरा गर्न सकेनन् तर उनको इनिङ्सका कारण बैंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाउन सक्यो।
लोकेश राहुलको कप्तानीमा लखनऊ सुपर जायन्ट्सका अगाडि यो चुनौती खासै ठूलो थिए। तर खेलको सुरुदेखि नै बैंग्लोरका बलर जोस हेजलउडले आफ्नो अनुभवले लखनऊलाई दबाबमा ल्याए।
लखनऊले ८ विकेटको क्षतिमा १६३ रन मात्र जोड्न सक्यो जसका कारण १८ रनले पराजित भयो।
लोकेश राहुल र क्रुनाल पाण्ड्याबाहेक लखनउका कुनै पनि ब्याट्सम्यान बैंग्लोरका बलरको अगाडि टिक्न सकेनन्।
हेजलउडले चार ओभरमा २५ रन दिएर चार विकेट लिए। उनले ओपनिङ ब्याट्सम्यानलाई डि ककलाई ३ रनमा आउट भने अन्तिम ओभरमा पनि बाउन्ड्री हान्न दिएनन्।
यो जितसँगै रोयल च्यालेन्जर्स बैंग्लोर सात खेलमा पाँच जित हात पार्दै अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ।