टेस्ट टिम जिम्बावे ‘ए’ सँगको तीन खेलको एकदिवसीय सिरिज र तीन खेलको टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि मैदान कीर्तिपुरमा हुने सिरिजका लागि २३ सदस्यीय टिम घोषणा गरेको हो। यो टिमबाट एकदिवसीय र टी-२० खेलका लागि नाम दिइने क्यानले जनाएको छ।
टिममा विनोद भण्डारी र सुनील धमला फर्किएका छन्। यस्तै युवा अलराउन्डर बसिर अहमेद पहिलो पटक टिममा परका छन्।
जिम्बावेको टिम राष्ट्रिय टिमपछिको दोस्रो रोजाइको टिम हो। टिमबाट राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीले खेल्ने बताइएको छ।
क्यानका अनुसार सिरिजका लगि जिम्बावेको टिम वैशाख १५ मा नेपाल आइपुग्नेछ।
सिरिज वैशाख १५ देखि सुरु भएर २६ वैशाखमा सकिनेछ। जसमा पहिले एकदिवसीय सिरिज हुनेछ।
पहिलो एकदिवसीय खेल वैशाख १७ मा हुनेछ। त्यसपछि १९ गते दोस्रो र २१ गते तेस्रो एकदिवसीय खेल हुनेछ।
टी-२० सिरिज वैशाख २३ मा सुरू हुनेछ। टी-२० खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन्।
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम शोव, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सर्राफ, अभिनास बोहरा, बसिर अहमेद, लोकेश बम, विवेक यादव, सहाब अलाम र सुनील धमला