आइपिएल २०२२ मा रोयल च्यालेन्जर्स बैंग्लोरले खराब ब्याटिङ गरेको छ।
शनिबार भएको खेलमा सनराइजर्स हैदरावादविरूद्ध बैंग्लोर १६.१ ओभरमा ६८ रनमै अलआउट भयो।
उसका लागि ग्लेन म्याक्सवेलले १२ रन र सुयास प्रभुदेसाइले १५ रन जोडे।
अन्य ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
त्यसमध्ये पूर्वकप्तान विराट कोलही, अनुज रावत र दिनेश कार्तिक शून्यमा आउट भए।
बैंग्लोरको इनिङ्ग्स ध्वस्त पार्ने क्रममा हैदरावादका मार्को जनसन र टी नटराजनले ३-३ विकेट लिए।
६९ रनको सामान्य लक्ष्य हैदरावादले ८ ओभरमा १ विकेट गुमाएर पार गर्यो।
९ विकेटको जित निकालेको हैदरावादका लागि अभिषेक शर्माले ४७ रन जोडे भने कप्तान केन विलियमसनले नटआउट १६ रन बटुले।
जितसँगै हैदरावाद ७ खेलबाट १० अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।