आइपिएलमा शनिबार दुई खेल भए। गुजरात टाइटन्स र कोलकता नाइटराइडर्सबीचको पहिलो खेलको २०औं ओभरमा चार विकेट लिएका कोलकताका आन्द्रे रसेलले ४८ रन बनाए पनि टिमलाई जिताउन सकेनन्।
रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादबीचको अर्को खेलमा विराट कोहली, डु प्लेसिससहित तीन ब्याट्सम्यानलाई पेभिलियन फर्काउन हैदरावादका मार्को जान्सनले उत्कृष्ट बलिङ गरेका थिए।
पहिलो खेलमा कोलकातालाई पराजित गर्दै गुजरातले अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। दोस्रो खेलमा हैदरावाद लगातार पाँचौं जित हात पार्दै अंक तालिकाको दोस्रो स्थानमा पुग्यो।
लगातार सातौं पटक टस जितेका हैदरावादका कप्तान केन विलियम्सनले लगातार सातौं पटक बलिङ गर्ने निर्णय गरे।
हैदरावादका २१ वर्षीय युवा खेलाडी मार्को जान्सनले आफ्नो पहिलो ओभरमै बैंगलोरका तीन ब्याट्सम्यानलाई पेभिलियन पठाएर टोलीलाई बलियो सुरुवात गराए।
हैदरावादका बलरहरूले लगातार विकेट लिएपछि बैंगलोरले आइपिएल इतिहासमा दोस्रो सबैभन्दा कम स्कोर बनायो। पूरा टोली ६८ रनमा अलआउट भयो।
लक्ष्य पछ्याउँदा हैदरावादलाई अभिषेक शर्माले उत्कृष्ट सुरुवात दिँदै ८ ओभरमा टोलीलाई जित दिलाउन ठूलो भूमिका खेले।
कोहलीको लगातार दोस्रो ‘गोल्डेन डक’
विराट कोहली लगातार दोस्रो खेलमा गोल्डेन डक आउट भए।
विराट कोहलीको विकेट मार्को जान्सनले लिए। कोहलीलाई गोल्डेन डकमा आउट गर्ने जान्सन आइपिएलमा पाँचौं बलर हुन्।
यो बलअघि कप्तान विलियमसनले एडन मार्करमलाई दोस्रो स्लिपमा राखे। पहिलो बलमा विराटको क्याच सिधै उनको हातमा पुग्यो र मार्करामले क्याच लिन कुनै गल्ती गरेनन्।
आइपिएलमा विराट सर्वाधिक रन बनाउने खेलाडी हुन्। तर यो सिजनमा उनी राम्रो फर्ममा छैनन्।
४१*, १२, ५, ४८, १, १२, ०, ० को स्कोरका साथ विराट कोहलीले अहिलेसम्म ८ इनिङ्समा १९.८३ को औसतमा ११९ रन मात्र बनाएका छन्।
२१ वर्षीय मार्को जान्सनले गत वर्ष मात्रै भारतविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए।
उनले आफ्नो पहिलो खेल भारतविरुद्ध डिसेम्बर २०२१ मा बक्सिङ डे टेस्ट र जनवरी १९, २०२२ मा एकदिवसीय खेल खेलेका थिए।
कोहली विरुद्ध जेन्सनले चार वर्षअघि नेट बलरको रूपमा मात्र बलिङ गरेका थिए।
जानसेन पहिलो पटक २०२१ मा आइपिएलका लागि छनोट भएका थिए। मुम्बई इन्डियन्सले उनलाई आफ्नो टिममा समावेश गरेको थियो। आइपिएलमा हालसम्म खेलेका सात खेलमा जान्सनले ग्लेन म्याक्सवेल, महेन्द्रसिंह धोनी, आरोन फिन्च, विराट कोहली र फाप डु प्लेसिसजस्ता अनुभवी क्रिकेटरलाई आउट गरेका छन्।
खेलपछि उनले भने, ‘परिस्थितिलाई सकेसम्म सरल राख्ने प्रयास गर्छु र कहिलेकाहीं यसले काम गर्छ। पहिलो बलपछि मात्रै राम्रो स्विङ हुन्छ भन्ने सोचेको थिएँ। तर तेस्रो विकेट लिँदा मलाई सबैभन्दा रमाइलो लाग्यो। यो मेरो अहिलेसम्मको उत्कृष्ट स्पेल हो।’
खेलमा विराट कोहलीका अलावा दिनेश कार्तिक र अनुज रावत पनि शून्य रनमा आउट भएका थिए।
६८ रन बैंगलोरको आइपिएल इतिहासमा दोस्रो सबैभन्दा कम स्कोर हो।
बैंगलोरले पाँच वर्षअघि २३ अप्रिल मै सबैभन्दा कम स्कोरको खराब कीर्तिमान बनाएको थियो जुन आज पनि कायम छ। त्यतिबेला बैंगलोरको सम्पूर्ण टिम ४९ रनमा अलआउट भएको थियो।
यो बैंगलोरको मात्र नभई आइपिएलको इतिहासमा कुनै पनि टोलीको सबैभन्दा कम स्कोरको कीर्तिमान हो।
शनिबार जस्तै त्यो खेलमा पनि विराट कोहली गोल्डेन डक भएका थिए।
हार्दिकको लगातार तेस्रो अर्धशतक
दिनको पहिलो खेलमा गुजरातले टस जितेर ब्याटिङ रोज्यो। यो जारी आइपिएलमा पहिलो पटक टस जितेर ब्याटिङ लिइएको थियो।
गुजरातको पहिलो विकेट छिटै जाँदा कप्तान पाण्ड्या पिचमा आए र पावरप्लेमा उत्कृष्ट ब्याटिङ गरे।
हार्दिकले अर्धशतकीय पारी खेले (४९ बलमा ६७ रन) र टोलीको स्कोर १५६ मा पुर्याउनमा उनले ठूलो भूमिका खेले। यस आइपिएलमा हार्दिकको यो लगातार तेस्रो अर्धशतक हो।
२०औं ओभरमा कोलकाताका कप्तान श्रेयस अय्यरले आन्द्रे रसेललाई बलिङ दिएका थिए।
खेलमा रसेलले पहिलो पटक बलिङ गर्ने मौका पाएका थिए।
आइपिएल प्रतियोगितामा पञ्जाब किंग्सविरुद्ध ३१ बलमा ७० रन बनाएपछि रसेलले भनेका थिए, ‘म के गर्न सक्छु भन्ने मलाई थाहा छ।’
शनिबार उनले फेरि बल र ब्याटबाट आफ्नो शक्ति प्रदर्शन गरे।
जब अय्यरले उनलाई बल दिए, रसेलले २० औं ओभरको पहिलो दुई बल र अन्तिम दुई बलमा विकेट लिए र योसँगै उनले आइपिएल इतिहास रचेँ।
यसपछि रसेलले पनि ब्याटिङमा शानदार इनिङ खेल्दै कोलकातालाई जित नजिक पुर्याए। रसेल पिचमा रहेसम्म कोलकाताको जित सम्भव देखिन्थ्यो। तर २५ बलमा ४८ रन बनाएर आउट भएपछि कोलकाता ८ रनले पराजित भएको थियो।