आइपिएल २०२२ मा राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ।
मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि २९ रनको जित निकाल्दै राजस्थान ८ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो। दोस्रो स्थानको गुजरात टाइटन्सको ७ खेलबाट १२ अंक नै छ।
पहिले ब्याटिङ गरेको राजस्थानले ८ विकेटको क्षतिमा १४४ रनको सामान्य योगफल खडा गरेको थियो।
उसका लागि रियान परागले नटआउट ५६ रन जोडे। उनले ३१ खेलमा ३ चौका र ४ छक्का हिर्काउँदा राजस्थानका अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा बैंग्लोरका हर्षरंगा डि सिल्भा, मोहमद सिराज र जोश हजलउडले २-२ विकेट लिए।
१४५ रनको लक्ष्य बैंग्लोरले सहज रुपमा पार गर्ने विश्वास गरिएको थियो। तर बैंग्लोर ३ खेल खेल्न बाँकी छदा ११५ रनमै अलआउट भयो।
उसका लागि फाप डु प्लेसिसले सबैभन्दा बढी २३ रन जोडे।
बैंग्लोरको इनिङ ध्वस्त पार्ने क्रममा राजस्थानका कुलदीप सेनले ४ विकेट लिए। उनले ३.३ ओभरमा २० रन खर्चिए। रविचन्द्रन आस्विनले ३ विकेट लिए भने प्रसिद्ध कृष्णाले २ विकेट हात पारे।