नेपाल भ्रमणमा रहेको जिम्बावे ‘ए’ टिमसँग टी-२० खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ।
क्यानले घोषणा गरेको टिममा बासिर अहमेद पहिलो पटक पर्न सफल भएका छन्।
शनिबारका लागि त्रिवि मैदान कीर्तिपुरमा तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण स्थगित भएको थियो।
अब पहिले टी-२० सिरिज हुने भएको हो। पहिलो टी-२० वैशाख १८ मा, दोस्रो टी-२० वैशाख १९ मा र तेस्रो टी-२० वैशाख २१ मा हुनेछ।
एकदिवसीय खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन्।
नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ खेल्न अमेरिका जानुअघि जिम्बावेको ए टिमसँग तयारीस्वरुप खेल्न लागेको हो।
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनास बोहरा, सागर ढकाल, सहाब अलाम, किशोर महतो, विवेक यादव, बासिर अहमेद, लोकेश बम, भीम सार्की