महेन्द्रसिंह धोनी चेन्नई सुपरकिंग्सको कप्तानमा फिर्ता भएका छन्।
सिजनको सुरूवातमा रवीन्द्र जडेजाले टिमको कप्तानको जिम्मेवारी पाएका थिए।
तर सिजनको ८ खेल खेलेपछि जडेजाले धोनीलाई नै कप्तानी फिर्ता गरेका हुन्। उनले आफू खेलमा केन्द्रीत हुने भन्दै कप्तानी धोनीलाई फिर्ता गरेका हुन्।
४० वर्षीय धोनीले सन् २००८ देखि आइपिएल सुरु भएदेखि नै चेन्नईको कप्तानी गरेका थिए।
सिजन २०२२ देखि भने आफूले कप्तानी छाड्दै जडेजालाई दिने निर्णय धोनीले गरेका थिए।
साविक विजेता चेन्नई जारी सिजमा पुछारबाट दोस्रो स्थान अर्थात् नवौं स्थानमा छ। उसले ८ खेलमा २ खेलमा मात्र जित हात पारेको छ।
चेन्नईले जारी गरेको विज्ञप्तीमा जडेजाले फेरि कप्तान गर्न गरेको आग्रहलाई धोनीले स्वीकार गरेका छन्।