जिम्बावे 'ए' विरूद्धको पहिलो एकदिवसीय खेलमा नेपाल पहिले ब्याटिङ गरिरहेको छ।
त्रिवि मैदान कीर्तिपुरमा टस जितेको जिम्बावेले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो।
यद्यपी नेपालले खराब सुरूवात गरेको छ। नेपालले आठ ओभर चल्दै गर्दासम्म महत्वपूर्ण चार विकेट गुमाएको छ।
नेपालका ओपनरद्वय कुशल भुर्तेल १९ रन तथा आसिफ शेख ५ रनमा आउट भएका थिए। आरिफ शेख पनि ५ रनमै आउट भए।
यस्तै रोहित पौडेल पनि ३ रनमै एलबिडब्लूको धरापमा परे।
बलिङमा जिम्बावेका भिक्टर न्याउची र ब्राड इभान्सले २-२ विकेट लिएका छन्।
सिरिजको दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ।
यसअघि भएको टी-२० सिरिज १-१ को बराबरीमा सकिएको थियो।