आइपिएल २०२२ अन्तर्गत यशश्वी जैशवालले उत्कृष्ट ब्याटिङ गरेपछि राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ।
पञ्जाबले दिएको १९० रनको लक्ष्य राजस्थानले २ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्यो।
उसका लागि जैशवालले ४१ बलमा ६८ रन जोडे भने जोस बटलरले १६ बलमा ३० रन प्रहार गरे।
देवदुत पाडिकल र शिमरन हेटमेयरले समान ३१ रनको योगदान दिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले ५ विकेटको क्षतिमा १८९ रन जोडेको थियो।
उसका लागि जोनी बायर्स्टोले ५८ रन तथा जितेश शर्माले १८ बलमा नटआउट ३८ रन जोडे।
बलिङमा राजस्थानका युजभेन्द्र चाहलले ३ विकेट लिए।
अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको राजस्थानको ११ खेलबाट १४ अंक भएको छ। पञ्जाब भने १० अंक जोडेर सातौं स्थानमा छ।