खराब प्रदर्शन गरिरहेको मुम्बई इन्डियन्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा नवौं हार बेहोरेको छ।
कोलकाता नाइट राइडर्ससँग सोमबार राती ५२ रनले पराजित हुँदै खराब लयलाई जारी राखेको हो।
१ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १७.३ ओभरमा ११३ रनमा समेटियो।
उसका लागि इशान किशनले अर्धशतकिय इनिङ्स खेले। केइरन पोलार्डले १५, टिम डेभिडले १३ र रामनदीप सिंहले १२ रन बटुले।
अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान रोहित शर्मा २ रनमा आउट हुँदा तिलक बर्मा ६, डानियल साम्स १ मुरूगान आश्विन र जसप्रित बुमराह शून्य, कुमार कार्तिक्येले ३ रन जोडे।
कोलकाताका लागि पाट कुमिन्सले सर्वाधिक ३ विकेट लिए। आन्द्रे रसेलले २ विकेट लिँदा साउथी र वरूण चक्रवर्तीले समान १-१ विकेट लिएका थिए।
त्यसअघि डि वाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो।
उसका लागि वेङकेटेश अयर र नितिश रानाले उच्च प्रदर्शन गरे। अयर र राणाले समान ४३ रन जोडेका थिए। अजिन्के रहाणेले २५ रन बनाउँदा रिङ्कु सिंहले २३ रन बटुले।
मुम्बईका लागि जसप्रित बुम्राहले ४ ओभरमा १० रन खर्चिएर सर्वाधिक ५ विकेट लिए ।
कुमार कार्तिकेले २ तथा डानिल साम्स र मुर्गान आश्विनले समान १-१ विकेट लिएका थिए।
यो जितसँगै कोलकाता १२ खेलमा १० अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ। पराजित मुम्बई ११ खेलबाट २ खेलमा जित हात पार्दै ४ अंकसहित छुछारमा छ।
तालिकाको शीर्ष स्थानमा रहेको लखनऊले ११ खेलबाट १६ अंक जोडेको छ। समान खेलबाट समान अंक भए पनि रन रेटमा पछि परेको गुजरात टाइटन्स दोस्रो स्थानमा छ।
यस्तै समान १४-१४ अंक भएको राजस्थान रोयल्स र रोयल्स च्यालेन्ज बैंलोर क्रमशः तेस्रो र चौथो स्थानमा छन्।
समान १० अंक रहेका दिल्ली, हैदारावाद, कोलकाता, पञ्जाब क्रमशः पाँचौ, छैठौं, सातौ र आठौं स्थानमा छन्।
११ खेलमा ४ जित निकालेको चेन्नई ८ अंकसहित नवौं स्थानमा झरेको छ। पुछारमा रहेको मुम्बईको ४ अंक छ।
आजको खेलमा शीर्ष स्थानका दुई टोली गुजरात र लखनऊ भिड्दैछन्।