आइपिएल २०२२ अन्तर्गत गुजरात टाइटन्स प्लेअफमा पुगेको छ।
मंगलबार भएको खेलमा लखनउ सुपरजायन्टलाई ६२ रनले पराजित गर्दै गुजरात प्लेअफमा पुगेको हो।
शीर्ष स्थानमा गुजरातले १२ खेलबाट १८ अंक जोडेको छ। पहिले ब्याटिङ गरेको गुजरातले ४ विकेटको क्षतिमा १४४ रन जोड्यो।
उसका लागि शुभमान गिलले नटआउट ६३ रन जोडे। उनले ४९ बलमा ७ चौका हिर्काए।
बलिङमा लखनउका आभेस खानले २ विकेट लिए।
१४५ रनको लक्ष्य पछ्याएको लखनउ १३.५ ओभरमा ८२ रनमै अलआउट भयो।
उसका लागि दीपक हुडाले २७ रन जोडे। लखनउका इनिङ ध्वस्त पार्न गुजरातका रासिद खानले ४ विकेट लिए।
उनले ३.५ ओभरमा २४ रन खर्चिए। मोहमद सामीले ३ ओभरमा ५ रन मात्र दिँदा १ विकेट लिए।
रविश्रीकिसन र यश दयालले २-२ विकेट लिए। पराजित भएको लखनउले भने प्लेअफमा पुग्न अर्को खेल कुर्ने पर्ने भएको छ।