युगान्डाविरूद्धको पाँच खेलको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले ३३ रनको जित निकालेको छ।
अघिल्लो खेलमा नेपाल १५ रनले विजयी भएको थियो। तर अघिल्लो तीन खेलमा पराजित भएको नेपालले सिरिज भने ३-२ ले गुमायो।
शनिबार भएको पाँचौ खेलमा नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याएको युगान्डाले २० ओभरमा ६ विकेटको क्षतिमा ९० रन जोड्यो।
उसका लागि रिता मुसामालीले सबैभन्दा बढी २६ रन जोडिन्।
बलिङमा नेपालका इन्दु बर्मा र सीता रानामगरले २-२ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १२३ रन जोड्यो।
नेपालका लागि ओपनर ब्याटर ज्योति पाण्डेले ४९ रन जोडिन्। एक रनले अर्धशतक बनाउन चुकेकी उनले ६१ बलमा ३ चौका हिर्काइन्। उनी रनआउटको सिकार बनिन्।
कविता जोशीले नटआउट १८ रन र सीता राना मगरले १७ रन जोडे।