गुजरात टाइटन्सलाई डेब्यू सिजनमै आइपिएल ट्रफी जिताउन नेतृत्वदायी भूमीका खेलेका हार्दिक पाण्ड्याले आफूलाई कप्तानको रूपमा प्रमाणित गरे।
अहिले उनको कप्तानीको चर्चा भारतीय क्रिकेटमा चुलिएको छ। उनले सिजनमा कप्तानको जिम्मेवारी लिन पाएकोमा खुसी व्यक्त गरेका छन्।
आइपिएलपछि उनको लक्ष्य अब आगामी अक्टोबर नोभेम्बरमा हुने टी-२० विश्वकप हुने बताएका छन्।
उनको भनाइ छ, ‘आइपिएल सिजनभर मैले जिम्मेवारी लिन सफल भए। मलाई नेतृत्व लिन मनपर्छ।’
आफ्नो लक्ष्य के हो भनेर सोध्दा पाण्ड्याले अघि भने, ‘पक्कै पनि मेरो लक्ष्य भारतको लागि विश्वकप जित्ने हो। मेरो लागि टोली सधैं पहिलो हुन्छ, मेरो आफ्नै प्रदर्शन पछि हुन्छ। मसँग एउटै लक्ष्य छ - विश्वकप जित्ने।’
आइपिएल जितको बारेमा उनको भनाइ छ, ‘आइपीएल जित्नु पक्कै पनि विशेष हुनेछ कि मैले कप्तानको रूपमा जितेको छु। तर यसअघिका चार उपाधिहरू (मुम्बई इन्डियन्सका लागि) उत्तिकै विशेष थिए। पटक फाइनल पुग्न पाउँदा र पाँच पटक ट्रफी जित्न पाउँदा म भाग्यशाली छु।'
पाण्ड्याले टी–२० खेलमा ब्याट्सम्यानभन्दा बलरका कारण खेल जित्न सजिलो हुने समेत बताए। उनी टोलीमा पाँच नियमित बलर समावेश गर्न रुचाउँछन्।
उनी भन्छन्, ‘म र आशिष नेहरा सधैं ती पाँच बलरहरूसँग खेल्न चाहन्थ्यौं जसले म्याच जिताउन सक्छन्। ब्याट्सम्यानहरू पक्कै अगाडि बढ्छन् र हामीलाई आवश्यक पर्दा जिम्मेवारी उठाउछन्। टी-२० म्याच ब्याट्सम्यानका लागि हो तर धेरैजसो खेल बलरका कारणले जितेको मैले देखेको छु।’