आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिका र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टिम अहिले अमेरिकामा छ।
यो सिरिज जेठ २५ गतेदेखि सुरू भएर असार ५ मा सकिनेछ। लिग-२ मा नेपालले खेल्न लागेको चौथो त्रिकोणात्मक एकदिवसीय सिरिज हो।
यस लगत्तै नेपालले स्कटल्यान्डमा आफ्नो पाँचौ सिरिज खेल्दैछ। यो सिरिजमा घरेलु टिम स्कटल्यान्ड, नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ।
यी तीन देशबीच हुन लागेको यो पहिलो त्रिकोणात्मक सिरिज हो। स्कटल्यान्डमा हुने सिरिजमा नेपालले पहिलो खेल नामिबियासँग खेल्नेछ। सो खेल असार २७ मा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले जनाएको छ।
खेल तालिका
नेपाल भर्सेस नामिबिया – असार २७
नेपाल भर्सेस स्कटल्यान्ड - असार २९
नेपाल भर्सेस नामिबिया - असार ३२
नेपाल भर्सेस स्कटल्यान्ड – साउन १
लिग-२ को अंक तालिकामा ओमान ३२ खेलबाट ४० अंक जोड्दै शीर्ष स्थानमा छ।
दोस्रो स्थानको स्कटल्यान्डको १८ खेलबाट २६ अंक छ। तेस्रो स्थानमा रहेको युएईको १८ खेलबाट २२ अंक छ।
अमेरिका १८ खेलबाट १६ अंक जोडेर चौथो र नामिबिया १४ खेलबाट १४ अंक जोड्दै पाँचौ स्थानमा छन्।
छैटौं स्थानको नेपालको १२ खेलबाट १२ अंक छ। पुछारको पिएनजीको २० खेलबाट २ अंक छ।