नेपालले भोलिदेखि सुरू हुने आइसिसी महिला टी-२० एसिया छनोटमा भाग लिँदैछ।
मलेसियामा हुने प्रतियोगितामा नेपालसहित ६ टिमले सहभागिता जनाउँदैछन्।
नेपाली टिमको प्रशिक्षकमा महेश रिजाल छन्। रिजालको लक्ष्य नेपाललाई महिला यू-१९ विश्वकपम छनोट गराउने रहेको छ।
प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, भुटान, थाइल्यान्ड, कतार र युएईबीच प्रतिस्पर्धा हुँदैछ। नेपालले आफ्नो पहिलो खेल कतारसँग आगामी शुक्रबार खेल्दैछ।
प्रतियोगिताको शीर्ष टिम २०२३ मा दक्षिण अफ्रिकामा हुने यू-१९ महिला विश्वकपमा पुग्दैछ। पहिलो संस्करणको यो प्रतियोगितामा १६ टिमबीच प्रतिस्पर्धा हुँदैछ।
आइसिसीले महिला यू-१९ विश्वकप २०२१ मै आयोजना गर्ने घोषणा गरेको थियो। तर कोभिड-१९ का कारण प्रतियोगिता दुई वर्ष धकेलिएको हो।
आइसिसीको डेब्यू प्रतियोगितामा छनोट हुन पाउन नेपाली महिला टिमका लागि एउटा अवसर हो।
प्रतियोगितामा नेपालको कप्तानी कृतिका मरासिनीले गर्दैछिन्।
नेपाली टिम
कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), श्रृष्टि जैसी, मनिषा उपाध्याय, मनिषा राना मगर, अलिसा यादव (विकेटकिपर), रन्जु श्रेष्ठ (विकेटकिपर), सना प्रवीन, आस्मा पुलामी मगर, सन्जु राजवंशी, किरण कुँवर, अन्जली विक, अनु कडायत, सुस्मिता भुषाल