एसिसी महिला टी-२० च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) का अनुसार नेपाल रहेको समूहमा हङकङ, कुवेत र भुटान रहेका छन्।
समूह ‘ए’ मा युएई, मलेसिया, ओमान र कतार रहेका छन्।
प्रतियोगिता आगामी जुन १७ देखि मलेसियामा सञ्चालन हुनेछ।
त्यसअघि मलेसियामै आइसिसी यू-१९ महिला टी-२० विश्वकप छनोट हुँदैछ। पर्सी शुक्रबारदेखि हुने छनोटमा नेपालसहित ६ टिमको सहभागिता रहेको छ।
छनोटमा नेपालले आफ्नो पहिलो खेल शुक्रबार कतारसँग खेल्दैछ।