नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलको आइसिसी टी-२० को ब्याट्सम्यान वरीयता एक स्थान खस्किएको छ।
कुशल ब्याट्म्यानको वरीयतमा एक स्थान तल झर्दै ३८औं स्थानमा छ। दीपेन्द्रसिंह ऐरी पनि एक स्थान तल झर्ने क्रममा ४०औं स्थानमा छ। यस्तै आसिफ शेख ९९औं स्थानमा छन्।
बलरको वरीयतामा कप्तान सन्दीप लामिछाने एक स्थान तल झरेर ३९औं स्थानमा छन् भने अभिनास बोहरा ८९ औं स्थानमा रहेका छन्।
अलराउन्डरको वरीयतामा दीपेन्द्रसिंह ऐरी १०औं स्थानमा यथावत छन्।
वरीयताको ब्याटरको शीर्ष स्थानमा पाकिस्तानका बाबर अजाम, बलरमा दक्षिण अफ्रिकाका तबराइज शाम्सी र अलराउन्डरको शीर्ष स्थानमा अफगानिस्तानका मोहमद नाबी रहेका छन्।