आइसीसी विश्वकप क्रिकेट लिग टु मा अमेरिकाले ओमानमाथि १ सय १४ रनको फराकिलो जित निकालेको छ।
अमेरिकालेले दिएको ३२४ रनको बिशाल लक्ष्य पछ्याएको ओमान ४३.३ ओभरमा अलआउट हुँदै २०९ रनमा समेटियो।
ओमानका लागि आयान खान र सोयब खानले समान ५९–५९ रन बनाउँदा, कश्यप प्रजापती २८, मोहम्मद नदिमले १७ , खवार अलीले १४ र जितेन्दर सिंहले १२ रन बनाए।
बाँकी खेलाडी सस्तैमा आउट भए।
ओमानलाई कम स्कोरमा रोक्न अमेरिकाका अली खानले सर्वाधिक पाँच विकेट लिए। स्टेभेन टेलर र यासिर मोहम्मदले समान दुई-दुई विकेट लिए।
यसअघि ह्युस्टनस्थित मौसा क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले कप्तान मोनांक पटेल र सुशान्त मोदानीको शतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रन बनाएको थियो ।
उसका लागि मोनांकले १ सय १ बलमा ११ चौका र ६ छक्काको मद्दतले १ सय ३० रन बनाए। यस्तै १३३ बल खेलेका सुशान्तले ९ चौकासहित १११ रन बनाए।
दोस्रो विकेटका लागि मोनांक र सुशान्तले दुई सय नौं रनको साझेदारी गरेका थिए।
यस्तै नोस्तुस केन्जीजेले ३४ रन बनाउँदा स्टेभेन टेलरले १६ रन बनाए।
आरोन जोन्स मात्र तीन रनमा आउट हुँदा राहुला जारीवाला र सौरभ नेत्राभाल्करले समान ४-४ रन बनाए।
ओमानका लागि खावर अलिले ३ तथा बिलाल खानले २ विकेट लिए।
यो जितसँगै अमेरिकाले जारी लिगमा २१ खेलबाट १० औं जित निकाल्दै २० अंक जोडेको छ। शीर्ष स्थानमा रहेको ओमानले ३३ खेलबाट ४० अंक जोडेको छ।