आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानविरूद्ध पहिले बलिङ गर्ने भएको छ।
टेक्सासको पर्लल्यान्डस्थित मोसा रंगशालामा राति सवा नौ बजे सुरू हुने खेलमा ओमानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो।
नेपाली टिममा सुनील धमलाले डेब्यू गरेका छन्।
नेपाली टिम
सन्दीप लामिछाने, आरिफ शेख, विनोद भण्डारी, देव खनाल, दीपेन्द्रसिंह ऐरी, करण केसी, रोहितकुमार पौडेल, सोमपाल कामी, सुनील धमला, सुसन भारी, सुवास खकुरेल
घरेलु टिम अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो।
हिजोदेखि सुरू भएको सिरिजमा घरेलु टिम अमेरिकाले विजयी सुरुवात गरिसकेको छ। अमेरिकाले ओमानमाथि ११४ रनको फराकिलो अन्तरको जित निकालेको थियो।
जारी लिग-२ मा १२ खेलबाट १२ अंक जोडेको नेपाल अंक तालिकामा छैठौं स्थानमा छ।
शीर्ष स्थानको ओमानको ३३ खेलबाट ४० अंक छ भने दोस्रो स्थानको स्कटल्यान्डको २० खेलबाट २८ अंक छ। तेस्रो स्थानको युएईको २२ खेलबाट २६ अंक छ। यस्तै अमेरिकाले २१ खेलबाट २० अंक जोड्दै चौथो स्थानमा रहँदा नामिबिया १४ खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा छ।
नेपालभन्दा पछि रहेको सातौं स्थानको पपुवा न्युगिनीले २० खेलबाट २ अंक मात्र जोडेको छ। लिग-२ मा नेपाल सबैभन्दा कम खेल खेल्ने टिम हो।