भारत र दक्षिण अफ्रिकाबीचको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रिकाले रोमाञ्चक जित हात पारेको छ।
दक्षिण अफ्रिकाले बिहीबार राति सकिएको खेलमा घरेलु टिमलाई ७ विकेटले पराजित गरेको हो।
दिल्लीमा भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पार गर्यो।
दक्षिण अफ्रिकाले टी-२० मा अहिलेसम्मकै ठूलो लक्ष्य पार गर्दा भारतको १२ खेलको जितको यात्रालाई पनि पूर्णविराम लगाइदिएको छ।
दक्षिण अफ्रिकाको जितमा डेभिड मिलरले नटआउट ६४ रन र भान डेर डुसेनले नटआउट ७५ रन जोडे। भान डेरले ४६ बलमा ७ चौका र ५ छक्का तथा मिलरले ३१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। दुईबीच १०.३ ओभरमा नटआउट १३१ रनको साझेदारी भएको थियो।
दक्षिण अफ्रिकाका ओपनरद्वय क्वान्टन डि ककले २२ रन र तेम्बा बाभुमाले १० जोडे। ड्वाइन प्रिटोरियस २९ रनमा आउट भए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भरतले ४ विकेटको क्षतिमा २११ रन जोड्यो।
भारतका लागि ओपनर इशान किसनले ७६ रन जोडे। उनले ४८ रन बलमा ११ चौका र ३ हिक्का हिर्काए।
ऋतुराज गायकवाडले २३ रन जोडे भने श्रेयस अय्यरले ३६ रन र कप्तान रिशव पन्तले २९ रनको योगदान गरे।
हार्दिक पाण्ड्याले नटआउट ३१ रन जोडे। उनले १२ बलमा २ चौका र ३ छक्का प्रहार गरे।
अब दोस्रो खेल आइतबार हुनेछ।