भारत र दक्षिण अफ्रिकाबीचको पाँच खेलको टी-२० सिरिजमा दक्षिण अफ्रिकाले विजयी सुरूवात गर्न सफल भयो।
बिहीबार राति दिल्लीमा भएको खेलमा भारतले दिएको २१२ रनको लक्ष्य पूरा गर्दै दक्षिण अफ्रिकाले सानदार जित निकाल्यो।
दक्षिण अफ्रिकाले ५ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा लक्ष्य पार गर्दै ७ विकेटले विजयी भयो।
दक्षिण अफ्रिकाले टी-२० मा अहिलेसम्मकै ठूलो लक्ष्य पार गर्दा भारतको १२ खेलको जितको यात्रालाई पनि पूर्णविराम लगाइदियो।
दक्षिण अफ्रिकाको जितमा डेभिड मिलरले नटआउट ६४ रन र भान डेर डुसेनले नटआउट ७५ रन जोडे। भान डेरले ४६ बलमा ७ चौका र ५ छक्का तथा मिलरले ३१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। दुईबीच १०.३ ओभरमा नटआउट १३१ रनको साझेदारी भएको थियो।
खेलमा बनेका रेकर्डहरू
- रनको लक्ष्य दक्षिण अफ्रिकाले पार गर्दै जित निकाल्यो। दक्षिण अफ्रिकाले टी-२० मा पार गरेको यो अहिलेसम्मकै ठूलो लक्षय हो। यसअघि दक्षिण अफ्रिकाको कीर्तिमान सन् २००७ मा वेस्ट इन्डिजविरूद्ध २०६ रनको लक्ष्य पार गर्नु थियो।
- १२६ रन दक्षिण अफ्रिकाले अन्तिम १० ओभरमा जोड्यो। कुनै पनि टिमले लक्ष्य पछ्याउँदा अन्तिम १० ओभरमा बनाएको यो सर्वाधिक स्कोर हो। यसअघि पाकिस्तानविरूद्ध अस्ट्रेलियाले सन् २०१० मा अन्तिम १० ओभरमा १२५ रन जोडेको थियो।
- भारतले पहिलो पटक २०० भन्दा बढी रन जोडेर पनि टी-२० खेल गुमाएको हो। यसअघि भारतले २०० भन्दा बढी रन जोड्दा विपक्षीलाई लक्ष्य पार गर्न दिएको थिएन। भारतले यसअघि पहिले ब्याटिङ गरेर ११ पटक २ सयन जोड्दा सबै खेलमा जित हात पारेको थियो।
- १३१ रनको साझेदार गर्दै भान डेर डुसन र डेभिड मिलरले दक्षिण अफ्रिकालाई जित दिलाए। यो चौथो विकेटका लागि भएको चौथो उच्च साझेदारी हो। दक्षिण अफ्रिकाका लागि भने यो कीर्तिमानी साझेदारी हो। यसअघिको उत्कृष्ट साझेदारी १२७ रनको थियो।
- खेलमा ७५.७६ प्रतिशत रन बाउन्ड्रीबाट आएको थियो। ३०० भन्दा बढी रन बनेको खेलमा बाउन्ड्रीबाट आएको यो तेस्रो बढि प्रतिशत हो।
- खेलमा स्पिनरको इकोनोमी १२.१७ रह्यो। यो टी-२० मा स्पिनरको चौथो खराब प्रदर्शन हो।