आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।
घरेलु टिम अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो।
खेल टेक्सासको मोसा रंगशालामा नेपाली समयअनुसार राति ९:१५ मा सुरू हुनेछ।
यसअघि आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको थियो। नेपाललाई ओमानले १३ रनले पराजित गरेको थियो।
ब्याटिङमा समस्या रहेको नेपालले अमेरिकाको विरुद्धको आजको खेलमा सुधार ल्याउने विश्वास गरिएको छ।
नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानको स्कटल्यान्डको २० खेलबाट २८ अंक छ। तेस्रो स्थानको युएईको २२ खेलबाट २६ अंक छ। यस्तै अमेरिकाले २० खेलबाट १८ अंक जोड्दै चौथो स्थानमा रहँदा नामिबिया १४ खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा छ।
नेपालभन्दा पछि रहेको सातौं स्थानको पपुवा न्युगिनीले २० खेलबाट २ अंक मात्र जोडेको छ।