नेपालविरूद्धको स्ट्यान्डिङ टी-२० क्रिकेट शृंखला भारतले जितेको छ।
मुलपानी मैदानमा भइरहेको तीन खेलको शृंखला भारतले लगातार दोस्रो खेलमा जित निकाल्दै खेल अघि नै कब्जा गरेको हो।
आइतबार भएको दोस्रो खेलमा नेपालमाथि भारतले ७७ रनको जित निकाल्यो।
पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा १४५ रन जोड्यो। भारतका लागि शाहुल अमेदले नटआउट ५५ रन र सयद शाह अजिजले नटआउट ५४ रन जोडे।
बलिङमा नेपालका मनोज थापाले २ विकेट लिए।
१४६ रनको लक्ष्य पछ्याएको नेपाल १५.५ ओभरमा ६८ रनमा अलआउट भयो।
नेपालका लगि विवेक शर्माले ११ रन जोड्दा अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा भारतका मनी भननले ह्याट्रिकसहित ५ विकेट लिए। उनले ११औं ओभरको तेस्रो, चौथो र पाँचौ बलमा विकेट लिएर ह्याट्रिक गरेका थिए। उनी खेलको प्लेयर अफ दि म्याच भए।
शृंखलाको तेस्रो खेल सोमबार हुनेछ।