आइसिसी एकदिवसीय वरीयतामा भारतलाई पाकिस्तानले पछि पारेको छ।
पछिल्लो वरीयताअनुसार पाकिस्तान चौथो स्थानमा छ भारत भने पाँचौ स्थानमा धकेलिएको छ।
पछिल्लो पटक पाकिस्तानले वेस्ट इन्डिजविरूद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिनस्विप गरेको थियो।
विश्व वरीयताको शीर्ष स्थानमा न्युजिल्यान्ड रहेको छ। दोस्रो स्थानमा इंग्ल्यान्ड र तेस्रो स्थानमा अस्ट्रेलिया रहेका छन्।
यता नेपाल भने एकदिवसीय मान्यता प्राप्त २० टिम मध्ये १९औं स्थानमा छ।
२०औं स्थानमा पपुवा न्युगिनी रहेको छ। १८औं स्थानमा नामिबिया र १७औं स्थानमा अमेरिका छन्।
आइसिसी एकदिवसीय विश्व वरीयता
- १. न्युजिल्यान्ड
- २. इंग्ल्यान्ड
- ३. अस्ट्रेलिया
- ४. पाकिस्तान
- ५. भारत
- ६. दक्षिण अफ्रिका
- ७. बंगलादेश
- ८. श्रीलंका
- ९. वेस्ट इन्डिज
- १०. अफगानिस्तान
- ११. आयरल्यान्ड
- १२. स्कटल्यान्ड
- १३. युएई
- १४. नेदरल्यान्ड्स
- १५. ओमान
- १६. जिम्बावे
- १७. अमेरिका
- १८. नामिबिया
- १९. नेपाल
- २०. पपुवा न्युगिनी