आइपिएल क्रिकेटको मिडिया राइट्स (आइपिएल मिडिया अधिकार) पाँच वर्षका लागि ३९०३५ करोड भारूमा (करिब ५ बिलियन अमेरिकी डलर/ ६ खर्ब २५ अर्ब नेपाली रुपैयाँ) बिक्री भएको क्रिकइन्फोले जनाएको छ।
यो अधिकार इन्डियन सब कन्टिनेन्टका लागि मात्र हो। बाँकी देशका लागि मिडिया अधिकारको छुट्टै रकम लिइनेछ।
प्रतिखेलको आधारमा मिडिया अधिकार बिक्री भएको यो मूल्य अहिलेसम्मकै सर्वाधिक हो। आइपिएलले अमेरिकाको एनएफएल र इंग्लिस प्रिमियर लिगलाई प्रति खेलको मूल्यमा पछि पारेको छ।
सन् २०२३ देखि २०२७ सम्मको पाँच वर्षका लागि टिभी तथा डिजिटल प्रशासण अधिकारीका लागि आइपिएलले दुई दिन इ-अक्सन गरेको थियो।
आइपिएलका खेल प्रत्यक्ष प्रसारण गर्नका लागि भारतीय क्रिकेट नियन्त्रण बोर्डले मिडिया अधिकार बिक्री गरेको हो।
अघिल्लो पाँच वर्षका लागि भन्दा मिडिया अधिकार दोब्बर मूल्यमा बिक्री भएको छ। अघिल्लो पटक पाँच वर्षका लागि २.५ बिलियन अमेरिकी डलर/ ३ खर्ब रुपैयाँमा मिडिया अधिकार बिक्री भएको थियो।
आगामी २०२३ देखि २०२७ को आइपिएलका लागि टिभी अधिकार सोनीले हात पार्न सफल भएको छ भने डिजिटल अधिकार रिलायन्सले लिएको बताइएको छ।
टिभी प्रशासन अधिकारको मूल्य २१२७५ करोड भारु र डिजिटल अधिकारको मूल्य १७७६० करोड भारूको रहेको छ।
टिभी प्रशासन अधिकार प्रति खेल ५७.५ करोड भारू र डिभिजल अधिकार प्रति खेल ४८ करोड भारू हुन आउछ।
टिभी र डिजिटल दुवैको गरी प्रतिखेलको मिडिया अधिकारको मूल्य १०५.५ करोड भारू रहेको छ।
टिभी अधिकारको न्यूनतम मूल्य प्रति खेल ४९ करोड भारू राखिएको थियो। यस्तै डिजिटल अधिकारको प्रति खेलको न्यूनतम मूल्य ३३ करोड भारू रहेको थियो।