काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले भेट गरेका छन्।
उनीहरूबीच मंगलबार भेट भएको हो। भेटमा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य छुम्बी लामा पनि सहभागी थिए।
भेटका दौरान मेयर शाह र कप्तानद्वयबीच क्रिकेट विकासको विषयमा कुराकानी भएको थियो।
साथै महानगरपालिका भित्रको ग्रासरूट/विद्यालय क्रिकेटका विकास तथा बिस्तारको विषयमा पनि छलफल भएको छ।।
स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका बालेनले काठमाडौं महानगरपालिकामा खेलकुदका विकासका लागि काम गर्ने बताउँदै आएका छन्।