वर्षाले प्रभावित भारत र दक्षिण अफ्रिकाबीचको पाँच टी २० अन्तर्राष्ट्रिय खेलको सिरिज २-२ को बराबरीमा सकिएको छ।
पाँचौं तथा निर्णायक खेल वर्षाको कारण रद्ध भएपछि सिरिज बराबरीमा सकिएको हो।
चिन्न्यास्वामी स्टेडियम बेंगलोरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ३.३ ओभरमा २८-२ को अवस्थामा वर्षाले खेल रोकियो। त्यसपछि लगातार वर्षाको कारण पुनः खेल हुन सकेन।
भारतका ओपनर ईशान किशन ७ बलमा २ छक्कासहित १५ रनमा आउट भए । ऋतुराज गायकवाडले १२ बलमा १० रन जोडेका थिए।
दक्षिण अफ्रिका दुबै विकेट तीव्र गतिका बलर लुन्गी एनगिडीले लिएका थिए।
पहिलो टी २० आई खेलमा दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको थियो। दोस्रो खेलमा दक्षिण अफ्रिका चार विकेटले विजयी भएको थियो।
सिरिजमा २-० को पछि परेको अवस्था उल्ट्याउँदै घरेलु टोलीले तेस्रो र चौथो खेलमा लगातार जित निकाल्यो। तेस्रो खेलमा ४८ रनले हराएको भारतले चौथो खेलमा ८२ रनले जित्यो। यो सँगै सिरिज २-२ को बराबरीमा पुग्यो।