आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारतले ७ विकेटको जित निकालेको छ।
वर्षाका कारण १२ ओभरमा छोट्याइएको खेलमा आयरल्यान्डले दिएको १०९ रनको लक्ष्य भारतले ९.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो।
भारतका लागि दीपक होडाले सर्वाधिक ४७ रन बनाए भने इशान किशनले २६, कप्तान हार्दिक पाण्डेयले २४ र दिनेश कार्तिकले ५ रन जोडे।
आयरल्यान्डका करिज यङ्गले २ तथा जोश लिटलले एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित १२ ओभरमा १०८ रन बनायो। उसका लागि ह्यारी टेक्टरले ६४ रनको अर्धशतकीय पारी खेलेका थिए। यस्तै लोर्कन टुकरले १८, ग्रेथ डेल्नीले ८ तथा पल स्टर्लिङ र जर्ज डकरेलले ४/४ रन जोडे।
भारतका हार्दिक पाण्डेय, भुवनेश्वर कुमार, आभास खान र युजभेन्द्र चहालले समान एक-एक विकेट लिए।