दिनेश चण्डिमालको दोहोरो शतक तथा प्रभात जयसूर्याको ६ विकेटको मद्दतले घरेलु टिम श्रीलंकाले अस्ट्रेलियालाई इनिङ्ग्स र ३९ रनले पराजित गर्दै दुई खेलको शृङ्खला १–१ को बराबरी गरेको छ।
दिनेश चण्डिमाल र रमेश मेन्डिसले ६७ रनको अग्रता लिएर चौथो दिनको सुरुवात गरेको पहिलो घण्टामा श्रीलंकाले अस्ट्रेलियालाई निराश पारेको थियो।
पहिलो इनिङग्समा श्रीलंकाले ५५४ रन जोड्दा चण्डीमालले नटआउट २०६ रन जोडेका थिए।
त्यसअघि पहिलो इनिङ्ग्गसमा अस्ट्रेलिया ३६४ रनमा अलआउट भएका थियो। जसका कारण पहिलो इनिङ्ग्समै श्रीलंकालाई १९० रनको अग्रता मिलेको थियो।
त्यसपछि आफ्नो दोस्रो इनिङ्ग्स ब्याटिङ सुरु गरेको अस्ट्रेलियाले ब्याटिङमा संघर्ष गर्दा १५१ रनमै अलआउट भयो। जसका कारण अस्ट्रेलिया इनिङ्ग्स र ३९ रनले पराजित हुन बाध्यो भयो।
पहिलो इनिङ्समा डेब्यु गरेका प्रभात जयसूर्याको स्पिनको विरुद्धमा अस्ट्रेलियाका ब्याटरले संघर्ष गरेपछि दोस्रो इनिङ्समा फेरि संघर्ष गर्नुपरेको थियो।
जयसूर्यालाई बाँकी स्पिनरहरूले राम्रो साथ दिएका थिएर रमेश मेन्डिस र तीक्षानाले पनि दुई-दुई विकेट लिए। जयसूर्याले दुवै इनिङ्ग्समा ६-६ विकेट गरी डेब्यू खेलमै १२ विकेट लिए।
अस्ट्रेलियाका लागि दोस्रो इनिङ्ग्समा मार्नस लाबुसेनले सबैभन्दा बढी ३२ रन जोड्न सके।