आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र घरेलु टिम स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।
खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। खेलमा नेपालले कुनै खेलाडी परिवर्तन गरेको छैन।
नेपाल, नामिबिया र स्कटल्यान्डबीचको यो सिरिजनमा नामिबियाले दुई खेल खेलिसकेको छ। नेपाल र स्कटल्यान्डले भने आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्।
पहिलो खेलमा नामिबियालाई स्कटल्यान्डले हराएको थियो। दोस्रो खेलमा भने नेपालमाथि नामिबियाले जित हात पारेको थियो।
पहिलो खेलमा खराब ब्याटिङ गरेको नेपाललाई घरेलु टिमविरुद्ध ब्याटिङकै दबाब हुने देखिएको छ।
७ देश सम्मिलित लिग-२ मा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ।
२१ खेलबाट ३० अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छन्।
नेपालविरूद्धको जितसँगै नामिबियाले नेपाललाई पछि पार्यो। पाँचौ स्थानमा उक्लिएको नामिबियाले १६ खेलबाट १६ अंक जोडेको छ।
१७ खेलबाट १५ अंक जोडेको नेपाल छैटौं स्थानमा झरेको छ। २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छन्।
सिरिजमा नेपालको खेल
नेपाल भर्सेस नामिबिया – असार २७
नेपाल भर्सेस स्कटल्यान्ड - असार २९
नेपाल भर्सेस नामिबिया - असार ३२
नेपाल भर्सेस स्कटल्यान्ड – साउन १