आइसिसी टी-२० ब्याट्सम्यान वरीयतामा भारतका सूर्यकुमार यादवले फड्को मारेका छन्।
इंग्ल्यन्डविरूद्धको टी-२० सिरिजको तेस्रो खेलमा शतक प्रहार गरेका यादव ४४ स्थान माथि उक्लदै पाँचौ स्थानमा आइपुगेका हुन्।
शीर्ष स्थानमा पाकिस्तानका बाबर अजाम छन् भने दोस्रो स्थानमा पाकिस्तानकै मोहमद रिजवान छन्।
दक्षिण अफ्रिकाका एडिन मरक्रम तेस्रो स्थानमा रहदा इंग्ल्यान्डका डेविड मलान चौथो स्थानमा छन्।
शीर्ष चारका रहेका ब्याट्सम्यानको वरीयतामा कुनै परिवर्तन भएको छैन।
ब्याट्सम्यानको वरीयतामा नेपालका कुशल भुर्तेल ३९औं स्थान र दीपेन्द्रसिंह ऐरी ४१औं स्थानमा छन्।
टी-२० बलरको शीर्ष स्थानमा अस्ट्रेलियाका जोश हजलउड छन् भने दोस्रो स्थानमा इंग्ल्यान्डका अदिल रसिद छन्। नेपालका कप्तान सन्दीप लामिछाने ३९औं स्थानमा छन्।