ताइजुल इस्लामले एकदिवसीय खेलमा आफ्नो पहिलो पाँच विकेट लिएपछि बंगलादेशले अन्तिम एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई चार विकेटले पराजित गर्दै सिरिज ३–० ले आफ्नो पक्षमा पारेको छ।
यस एकदिवसीय सिरिजमा बंगलादेशको लागि स्पिन मुख्य हतियार बन्यो। अन्तिम खेलमा पनि ताइजुल इस्लामले म्याच-विनर भएको रूपमा फेरि प्रमाणित गरे। जसका करण वेस्ट इन्डिजले आफ्नो घरेलु मैदानमा बंगलादेशलाई सिरिज क्लिनस्विपको रुपमा सुम्पन परेको छ।
५-२८ को प्रभावशाली बलिङ गरेका ताइजुललाई प्लेयर अफ द म्याचको अवार्ड दिइयो।
ताइजुलले ओपनर ब्रान्डन किङ (८) र शाइ होप (२) लाई ओपनिङ स्पेलमा आउट गरे। त्यसपछि मध्यक्रमका ब्याट्सम्यान रोभम्यान पावेल (१८), किमो पल (६) र निकोलस पूरन (७३) लाई आफ्नो सिकार बनाए।
जसका कारण वेस्ट इन्डिज १७८ रनमै अलआउट भयो। जुल लक्ष्य बंगलादेशले ६ विकेटको क्षतिमा ९ बल खेल्न बाँकी छदा पार्यो।
बंगलादेशका लागि लिन्टन दासले ५० रन जोडे भने नुरुल हसनले नटआउट ३२ रन र कप्तान तमिम एकबालले ३४ रनको योगदान दिए। एकबाल प्लेयर अफ दि सिरिज भए।