बेन स्टोक्सको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा इङल्याण्ड पराजित भएको छ।
गत साता भारतसँग २-१ ले पराजित भएको विश्व च्याम्पियन इङ्ल्याण्ड रास्सी भन डर डुसेनको उत्कृष्ट प्रदर्शनमा दक्षिण अफ्रिकासँग ६२ रनले पराजित भयो।
३ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली ४६.५ ओभरमा अलआउट हुँदै २७१ रनमा समेटियो।
उसका लागि जो रूटले सर्वाधिक ८६ रन बनाए। ७७ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरेका थिए।
यस्तै जोनी बेयरस्टो ६३ रनको अर्धसतकीय इनिङ्स खेले। अर्का ओपनर जेसन रोय ४३ रनमा आउट भए। पहिलो विकेटका लागि रोय र बेयरस्टोले १८.६ ओभरमा १०२ रनको सतकीय साझेदारी गर्दै राम्रो सुरूआत दिलाएका थिए।
अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। अन्तिम खेल खेल्दै गरेका बेन स्टोक्स ५ रनमै आउट भए।
कप्तान जोस बटलर १२, लियाम लिभिङस्टोन १०, मोईन अली ३, शाम कुरान १८ तथा ब्राइडन क्रेशले १४ रन जोडे।
अफ्रिकाका लागि एनरिच नोर्तजेले सर्वाधिक ४ विकेट लिए। ताबरिज शाम्सी र एडेन मार्करमले २-२ विकेट लिए।
यसअघि चेस्टर ली स्ट्रिटमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३३ रन बनायो।
उसका लागि डुसेनले सर्वाधिक १३३ रन बनाए। १ सय १७ बल खेलेका उनले १० चौका प्रहार गरेका थिए।
यस्तै जान्नेमान मलानले ५७ रन बनाउँदा एडेन माक्ररमले ७७ रन बनाए। माक्ररम र डुसेनले १ सय २२ बलमा १ सय ५१ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए।
डेविड मिलर १४ बलमा ४ चौकासहित २४ रनमा अविजित रहँदा हेनरिक क्लासेन १२ रनमा आउट भए।
इंग्ल्यान्डका लियम लिभिङस्टोनले सर्वाधिक दुई विकेट लिए। साम करन, बायडन कार्स र मोईन अलीले एक-एक विकेट हात पारे।
यो सँगै दक्षिण अफ्रिकाले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ।
बेन स्टोक्सको विदाई
दक्षिण अफ्रिकासँगको पहिलो एक दिवसीय खेलसँगै बेन स्टोक्सले ५० ओभरको क्रिकेटबाट सन्यास लिएका छन्।
यद्यपि घरेलु मैदानमा उनको विदाई सुखद रहेन। इंग्ल्यान्डको तेस्रो खेलको शुरुवातमा ओभेशन दिँदा उनी भावुक देखिन्थे।
पोट्सको अनुपस्थितिमा सोचेभन्दा बढी ओभर बलिङ गरेका स्टोक्स इङ्ल्यान्डका सबैभन्दा महँगो बलर साबित भए।
उनले आफ्नो पाँच ओभरमा ६ वटा बाउन्ड्रीसहित ४४ रन खर्चिए। बलिङमा राम्रो प्रदर्शन गर्न नसकेका उनले ब्याटिङका क्रममा ११ औं बलमा रिभर्स स्विप गर्ने प्रयासमा पार्टटाइम स्पिनर मार्करामले एलबीडब्लुको धरापमा पारे।
२०१९ को विश्वकप फाइनलमा आफ्नो प्रसिद्ध इनिङ्स दोहोर्याउन नसकेका एक अलराउन्डरको लागि यो निराशाजनक अन्त्य थियो।
बेन स्टोक्सको सानदार प्रदर्शनको सहयोगमा इंग्ल्यान्डले २०१९ मा पहिलो पटक एकदिवसीय विश्वकप उपाधि जितेको थियो। ८४ रनको अविजित इनिङ खेल्दै सुपर ओभर पनि टाई हुँदै इंग्ल्यान्डले उपाधि जितेको थियो।
स्टोक्सले १ सय ५ ओडिआई खेलमा ३ शतक र २१ अर्धशतकसहित २ हजार ९ सय २४ रन बनाएका छन्। यस्तै उनले ७४ विकेट लिएका छन्। स्टोक्सले सन् २०११ मा आयरल्यान्डविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए।