खेलकुदमा 'जातीय आधारमा हुने संस्थागत दुर्व्यवहार'को विषयमा रिपोर्ट सार्वजनिक हुनुअघि क्रिकेट स्कटल्यान्डले बोर्डले राजीनामा दिएको छ।
स्पोर्टस्कटल्यान्डको समितिको प्रतिवेदन सोमबार प्रकासित हुँदैछ।
स्कटल्यान्डका पूर्व बलर माजिद हकले सन् २०१५ को विश्वकपबाट घर पठाइएपछि आफू जातीय आधारमा पीडित भएको दाबी गरेका थिए। साथै उनले अब क्रिकेट नखेल्ने समेत घोषणा गरेका थिए।
सोमबार प्रकाशित हुने रिपोर्टले हकको दाबीलाई सहि ठहर गर्ने अपेक्षा गरिएको छ।
हकसहित अर्का क्रिकेटर कासिम शेखले पनि संस्थागत दुर्व्यवहारको सामना गर्नु परेको थियो।
शेखको अनुभव इंग्ल्यान्डका पूर्व क्रिकेटर अजीम रफिकसँगको अनुभवसँग मिल्छ। अजीमले गत वर्ष संसदीय सुनुवाइका क्रममा इंग्लिस क्रिकेट संस्थागत रूपमा जातिवादी भएको आरोप लगाएका थिए।
क्रिकेट स्कटल्यान्डका अन्तरिम सिईओ गोर्डन आर्थरलाई पठाइएको संयुक्त राजीनामा पत्रमा क्रिकेट स्कटल्याण्डका बोर्ड सदस्यहरूले घटनाका लागि माफी मागेका छन्।
'हामी सबै साँच्चै क्षमाप्रार्थी छौं र स्कटल्याण्ड क्रिकेटमा रंगभेद वा अन्य कुनै पनि प्रकारको भेदभावको अनुभव गर्ने सबैसँग सार्वजनिक रूपमा माफी मागेका छौं,' बोर्डले लेखेको छ।