भारतले पहिलो टी २० अन्तर्राष्ट्रिय खेलमा वेस्टइन्डिजमाथि ६८ रनको हराएको छ।
जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन मात्र बनाउन सक्यो।
उसका लागि शम्राह ब्रुक्सले सर्वाधिक २० रन बनाए। यस्तै किमो पाउल १९ रनमा अभिजित रहँदा ओपनर काइल मेयर्स १५, जेसन होल्डर शून्य, निकोलस पुरन १८, रोभम्यान पावेल र शिम्रन हेटमायर समान १४-१४ रनमा आउट भए।
भारतका रविचन्द्रन आश्विन, रवि विश्रोई र अर्शदीप सिंहले समान २-२ विकेट लिए। यस्तै रविन्द्र जडेजा र भुवनेश्वर कुमारको नाममा एक एक विकेट रह्यो ।
त्यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो। उसका लागि रोहित शर्माले सर्वाधिक ६४ रन बनाए।
यस्तै दीनेश कार्तिकले बिस्फोटक ब्याटिङ गर्दै १९ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा अविजित रहे। सूर्यकुमार यादव २४ रनमा आउट हुँदा श्रेयस ऐर शून्यमा आउट भए। यस्तै ऋषभ पन्त १४, हार्दिक पान्ड्या १ र रविन्द्र जडेजा १६ रनमा आउट भए। रविचन्द्र आश्विन १३ रनमा अविजित रहे।
वेस्टइन्डिजका अल्जारी जोशेफले सर्वाधिक २ विकेट लिए। यस्तै ओबेद म्याकोय, अकिल हुसैन, जेसन होल्डर र किमो पउलले एक एक विकेट लिए।
यो जितसँगै भारतले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ। दोस्रो खेल सोमबार हुनेछ।