१५ औं संस्करणको एसिया कपको खेल तालिका सार्वजनिक गरिएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक श्रीलंकाले अफगानिस्तानसँग २७ अगस्टमा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको आयोजक श्रीलंका नै भए पनि खेलहरू भने युएईमा हुँदैछन्।
भारत र पाकिस्तानबीच २८ अगस्ट दुबईमा भिडन्त हुनेछ।
फाइनल सेप्टेम्बर ११ मा खेलिने तय छ।
एसिया कप पछिल्लो पटक २०१८ मा भएको थियो। यसपटक टी-२० फर्म्याटमा खेलाइने छ, जहाँ ९ टोलीको सहभागिता रहनेछ।
यूएई, कुवेत, सिंगापुर र हङकङले छनोट चरणमा भिड्नेछन्। विजेताले भारत र पाकिस्तान सम्मिलित समूह 'ए' मा स्थान बनाउनेछ।
प्रतियोगितामा दुई समूहमा विभाजन गरी ६ टोली सहभागी हुनेछन्। भारत, पाकिस्तान र छनोट चरणको विजेता समूह 'ए' मा छन्। श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह 'बी' मा छन्।
समूहका शीर्ष दुई टोली सुपर-४ राउन्डका लागि छनोट हुन्छन्। सुपर-४ मा टिमहरुले फाइनलअघि फेरि एकअर्कासँग खेल्छन्। शीर्ष दुई टिम फाइनलमा पुग्नेछन्।
समूह ए:
भारत विरुद्ध पाकिस्तान : २८ अगस्ट, दुबई
भारत विरुद्ध छनोट विजेता : ३१ अगस्ट, दुबई
पाकिस्तान विरुद्ध छनोट विजेता : २ सेप्टेम्बर, शारजाह
समूह बी:
श्रीलंका विरुद्ध अफगानिस्तान: २७ अगस्ट, दुबई
बंगलादेश विरुद्ध अफगानिस्तान : ३० अगस्ट, शारजाह
श्रीलंका विरुद्ध बंगलादेश : १ सेप्टेम्बर, दुबई