दक्षिण अफ्रिकाका ओपनर रीजा हेन्ड्रिक्सले टी-२० अन्तर्राष्ट्रियमा कीर्तिमान बनाएका छन्।
बुधबार पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दै हेन्ड्रिक्स टी-२० अन्तर्राष्ट्रियमा लगातार चार अर्धशतक बनाउने छैठौं ब्याट्सम्यान बनेका छन्।
हेन्ड्रिक्सले बुधबार आयरल्यान्डविरुद्ध ५३ बलमा उत्कृष्ट ७४ रन बनाएका थिए। त्यसका लागि उनले १० चौका र १ छक्का प्रहार गरे। यो हेन्ड्रिक्सको लगातार चौथो अर्धशतक हो।
जससँगै उनले वेस्ट इन्डिजका स्टार क्रिस गेल र न्यूजिल्याण्डका लिजेन्ड ब्रेन्डन म्याकुलम लगायतका खेलाडीको कीर्तिमान बराबरी गर्न सफल भए।
हेन्ड्रिक्सले यसअघि दक्षिण इंग्ल्याण्डविरुद्धको तीन खेलको शृङ्खलामा ५७, ५३ र ७० रन बनाएका थिए।
उनको अर्धशतकसँगै दक्षिण अफ्रिकाले पहिलो टी-२० मा २११ रन जोड्यो। २१२ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ९ विकेटको क्षतिमा १९० जोड्न सक्दा खेल दक्षिण अफ्रिकाले २१ रनले जित्यो।
टी-२० अन्तर्राष्ट्रियमा लगातार चार अर्धशतक बनाउने खेलाडी
ब्रेन्डन म्याकुलम (न्यूजिल्याण्ड) २००८, २००९
क्रिस गेल (वेस्ट इन्डिज) २०१२
क्रेग विलियम्स (नामिबिया) २०२१
रायन खान पठान (क्यानाडा) २०२१
गुस्ताभ म्याकन (फ्रान्स) २०२२
रीजा हेन्ड्रिक्स (दक्षिण अफ्रिका) २०२२