वेस्टइन्डिजविरूद्धको पाँचौं तथा अन्तिम टि २० अन्तर्राष्ट्रियमा सानदार जित निकाल्दै भारतसँग सिरिज ४-१ ले जितेको छ।
जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १५.४ ओभरमा १ सय रनमा अल आउट हुँदा ८८ रनले पराजित भयो।
वेस्टइन्डिजका शिम्रन हेटमायरले सर्वाधिक ५६ रन बनाए। शम्राह ब्रुक्स १३ र डेभन थोमस १० रन बनाउनु बाहेक अन्यले खेल्न सकेनन्।
वेस्टइन्डिजका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमध्य पाँच खेलाडी शून्यमा आउट भए। कप्तान निकोलस पुरन ३ र रोभम्यान पावेल ९ रनमा आउट हुँदा घरेलु टोलीले अतिरिक्तबाट ८ रन जोडेको थियो।
वेष्टइन्डिजलाई सस्तैमा रोक्न भारतका स्पिनर रवि विश्रोईले २.४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै कुलदीप यादवले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिए। अर्का स्पिनर अक्षर पटेलले ३ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो।
उसका लागि श्रेयस ऐरले सर्वाधिक ६४ रन जोडे। दीपक डोडाले ३८ रन बनाउँदा कप्तान हार्दिक पान्ड्याले २८ रन बनाए।
ओपनर ईशान किशनले ११ रन जोड्दा सञ्जु स्यामसन १५, दीनेश कार्तिक १२ र अक्षर पटेल ९ रनमा आउट भए।
वेस्टइन्डिजका ओडेन स्मिथले सर्वाधिक ३ विकेट लिए। यस्तै जेसन होल्डर, डोमिनिक ड्रेक्स र हायडन वेल्स जुनियरले एक एक विकेट हात पारे।
यो सँगै भारतले ५ खेलको सिरिज ४-१ ले आफ्नो पक्षमा पार्यो।