नेपाल क्रिकेट संघ (क्यान) र क्रिक एचक्यूबीच तीन वर्षको सम्झौता भएको छ।
विश्वको ठूलो मध्येको एक डिजिटल मञ्च क्रिक एचक्यूसँगको सम्झौताले नेपाली क्रिकेटलाई प्राविधिक रुपमा माथि उकास्ने विश्वास गरिएको छ।
सम्झौतामा नेपाली क्रिकेटको डिजिटलाइज गर्ने, लाइभ स्कोर र भिडियो लाइभ गर्ने रहेका छन्।
क्रिक एचक्यूबले प्रविधिमार्फत फ्यानलाई जोड्ने काम गर्छ। यसले लाइभ स्कोर, म्याच रिपोर्ट, भएका तथ्यको विश्लेषण, खेलाडीको विश्लेषण, प्रतिस्पर्धा र भिडिओ लाइभ रहेका छन्।
यी कुरालाई फ्यानसँग जोड्नका लागि एचक्यूले काम गर्ने बताइएको छ।