क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले भदौ चौथो साता एनसिसिएस-सिप्यान क्रिकेट अवार्ड २०२२ आयोजना गर्ने भएको छ।
भदौ २४ गते हुने अवार्डको यो कार्यक्रमको मूख्य प्रायोजक एनसिसिएस ग्रुप रहेको छ। अवार्ड पाँच विधामा पुरस्कृत गरिनेछ।
जसमा वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष उदयीमान क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण र विशेष अवार्ड रहेका छन्।
वर्षको महिला र पुरुष खेलाडीले १ लाख ३२ हजार रुपैयाँ प्राप्त गर्नेछन्। उदयीमान र वर्षको उत्कृष्ट क्षणले ६६ हजार रूपैयाँ पाउनेछन्। विशेष अवार्डलाई १ लाख ३२ हजार रूपैयाँ दिइनेछ।
अवार्डलाई योग्य खेलाडी छनोट गर्न एक प्राविधिक समिति गठन गरिने र तोकिएको मापदण्डका आधारमा सो समितिले सिफारिस गरेका खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कार राशी र ट्रफी प्रदान गरिने छ।
उत्कृष्ट क्षणका लागि अनलाइन भोटिङको माध्यमबाट सार्वजनिक मत सर्वेक्षणको आधारमा र विशेष अवार्डका लागि नेपाली क्रिकेटमा विशेष योगदान पुऱ्याउने एक क्रिकेट खेलाडीलाई योगदानमा आधारित रहेर पुरस्कृत गरिने छ।